तपाईँ सुन्दै हुनुहुन्छः

अबको समय विकास र समृद्धिको : अध्यक्ष ओली

धनगढी । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको समय विकास, समृद्धिको भएको बताउनुभएको छ ।

आज कैलालीस्थित बर्दगोरिया गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकले पूर्वाधार विकासका क्षेत्रमा फड्को मारेकाले अबको समय विकास र समृद्धिको भएको बताउनुभयो ।

जनप्रतिनिधिहरू विकासका नेता बन्न सक्नुपर्ने बताउनुहुँदै उहाँले सरकारी सेवा प्रवाह छिटो छरितो, सहज र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले आजै कैलालीको सुख्खडमा नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको छ । उहाँले अधिवेशनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

कार्यवाहक जिल्ला अध्यक्ष दुर्गा जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एमाले सचिव द्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको छ । आज र भोलि दुई चल्ने अधिवेशनले एमाले कैलालीको नेतृत्व छनौट गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button