तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला महिला यु–१९ क्रिकेट : कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

बाँके । बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी भएका छन्।

कोहलपुरले लुम्बिनी प्रदेश तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरे। आजको पहिलो खेलमा कोहलपुर मेयर–११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्‍यो।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९:३० बजे बागमती र लुम्बिनी तथा दोस्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र कोहलपुर मेयर–११ प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कोहलपुर मेयर(११, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन्। सबै टिमले एक–अर्कासँग एक खेल खेलेपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button