तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन गरिने 

धनगढी  । पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ । 

नेपालको चार पटक प्रधानमन्त्री हुनुभएका चन्दलाई २०५४ सालमा ‘बिसर्जन’ कृतीका लागि मदन पुरस्कार प्रदान गरिएको थियो । 

उहाँका हिउँको तन्ना, नेताका साथी, पाहुन घर लगायतका दर्जन बढी साहित्यिक कृति प्रकाशन भएका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नागरिक अभिनन्दन समितिका संयोजक मायाप्रकाश भट्टले नेपाली साहित्य क्षेत्र र राजनीतिमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै (उहाँको ८४ औँ वसन्त पूजनको अवसरमा) पूर्व प्रधानमन्त्री चन्दलाई फागुन ३ गते धनगढीमा नागरिक अभिनन्दन गरिन लागिएको बताउनुभयो । 

उहाँले नागरिक अभिनन्दन समारोह अघि धनगढीमा स्थानीय भेषभुषा, लोकसंस्कृति झल्कने झाकी सहितको रथारोहण आयोजना गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button