तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल जारी

काठमाडौँ I सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  सुरक्षण मुद्रण सेवालाई अत्यावश्यक सेवाअन्तर्गत राखिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकमा राहदानी, अन्तःशुल्क स्टिकर, सवारी अनुमतिपत्र लगायतका राष्ट्रिय महत्वका सामाग्री उत्पादनका लागि सरकारले स्थापना गर्ने सुरक्षण मुद्रण छापाखानामा कार्यरत कर्मचारीले संघसंगठन खोल्न, बन्दहड्ताल गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल जारी रहेको छ । 

बैठकमा समितिका सांसदहरु छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, विद्या भट्टराई, डाक्टर तोषिमा कार्की, सुमना श्रेष्ठलगायतका सांसदहरूले सुरक्षण मुद्रण सेवालाई अन्तराष्ट्रियस्तरको बनाइनुपर्ने, तीन तहको सुरक्षा घेराभित्र रहेर छपाइ गरिनुपर्ने व्यवस्था विधेयकमा व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button