तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । 

उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिनुभयो । आजैदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो । 

“आजको बैठकमा  धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरूको तयारीको विषयमा छलफल गर्दैछौँ”, सचेतक डाँगीले भन्नुभयो, “बैठकमा सदस्यहरूको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूमिकाबारेमा समेत छलफल हुने छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button