तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभाको छैटौँ स्थापना दिवस आज मनाइँदै

जनकपुरधाम । मधेश प्रदेश सभा स्थापना भएको छैठौ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूको आयोजना गरेर आज मनाउन लागेको छ । एक साता देखि नै विभिन्न प्रकारको कार्यक्रमहरू आयोजना गरेर प्रदेश सभाले स्थापना दिवस मनाइरहेको छ । 

प्रदेश सभा स्थापना भएपछिको ६ वर्षको अवधिमा प्रदेश सभाको पहिलो तथा दोस्रो कार्यकालमा गरेर आर्थिक, विनियोजन विधेयक सहितका ५८ वटा विधेयक पारित भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

स्थापनाकाल देखि हालसम्ममा २ सय ७५ वटा बैठक प्रदेश सभाको बसेको छ । बैठक अवधि ३ सय ८६ घण्टा ३१ मिनेट ५६ सेकेन्डसम्म चलेको  े प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

पहिलो कार्यकालमा ०७४ माघ २१ गते पहिलो बैठक जनकपुरधाम उद्योग वाणिज्य सङ्घमा बसेको प्रदेशसभाको पहिलो कार्यकाल २०७९ असार ३२अन्तिम बैठक बस्दा प्रदेशसभाको ९ वटा अधिवेशन भएका थिए । ९ वटा अधिवेशनमा २ सय २८ वटा बैठक बसेको थियो । 

दोस्रो कार्यकालमा २ वटा अधिवेशनमा ४७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । पहिलो कार्यकालमा प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेशसभा सञ्चालन भएको थियो ।

दोस्रो कार्यकालको पहिलो वर्षमा भने प्रदेशसभाको २ वटा अधिवेशनमा ४७ वटा बैठक बस्दा प्रदेश सभाको बैठक ७५ घण्टा ३१ मिनेट चलेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाको बैठक तुलनात्मक रुपमा कम चलेको छ ।

यसै बीच प्रदेश सभाले छैठौ स्थापना दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरेर आज मनाइरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button