तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपालगञ्ज । बाँकेमा कार्यरत एक प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी खडैचा बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले प्रहरी सहायक निरीक्षक भण्डारीलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत पुस २५ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा भण्डारीले मोटरसाइकलसहित युरिया मल नियन्त्रणमा लिई उक्त युरिया मल र मोटरसाइकल छोडी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अन्तर्गत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क)बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय समेत हुन माग दाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button