तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : कोरोना भाइरसदेखि भ्रमण बर्षको उल्लास बढाउनुपर्ने सम्म

काठमाडौं। प्रतिनिधी सभाको आजको बैठकमा महिला तथा सामाजिक समितीका सभापति निरुदेबी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितीको प्रतिबेदन २०७६ पेश गर्नुभयो ।बैठकमा शिक्षा तथा स्वास्थ्य समितीका सभापति जयपुरी घर्तीले परमाणविक विधेयक सम्बन्धी समितीको प्रतिबेदन २०७६ पेश गर्नुभयो ।

यसैगरी प्रतिनिधी सभाकोे बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक ऋण ब्यवस्थापन बिधेयक २०७६,बैंक तथा वित्तिय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६,नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०७६ र धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६ पेश गर्नुभयो ।

प्रतिनिधी सभाको आजको बैठकले पूर्ब सांसद श्रीराम श्रेष्ठको माघ २० गते ८० बर्षको उमेरमा निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।बैठकले २०४८ सालमा नेपाली कांग्रेशका तर्फबाट राष्ट्रिय सभामा निर्बाचित पूर्ब सांसद श्रीराम श्रेष्ठको उपचारको क्रममा निधन भएकोमा गहिरो शोक प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना संगै शोकसन्तप्त परिवारजनप्रति संबेदना प्रकट गरेको छ ।

यसअघि प्रतिनिधी सभाको आजको बैठकमा बोल्दै सांसदहरुले कोरोना भाईरसका सन्दर्भमा नेपालको सतर्कता कस्तो छ ,चीनमा रहेका नेपालीलाई ल्याउने सम्बन्धमा के भईरहेको छ ,उखु कृषकले पूरा मुल्य पाउनुपर्ने र अनुदनानको फाईदा मुख्यरुपमा कृषकलाई हुने गरी काम गर्नुपर्ने, भ्रमण बर्षको उल्लास बढाउनुपर्ने,गिटी बालुवा झिक्ने नाममा चुरे क्षेत्रमा देखिएको दोहन रोक्नुपनलगायतका बिषयमा सरकारको ध्यानाकृष्ट गरउनुभएको थियो ।

बैठकमा सांसदहरुमा डिला संग्रौला,दलबहादु राना,दिलेन्द्र प्रसाद बडु,दिब्यमणि राजभण्डारी,दुर्गा पौडेल,देवप्रसाद तिमिल्सिना,देवेन्द्र पोडेल,नवराज सिलवाल,देबेन्द्रराज कंडेल,नारायण प्रसाद खतिवडा,निरुदेबी पाल, पुष्पा भुषाल गौतम,पूर्णाकुमारी सुवेदी,प्रकाश रसाईली,प्रदीप यादव,प्रेम सुवाल,बालकृष्ण खांणलगायतले समसामयिक बिषयमा सरकारको ध्यानाकृष्ट गराउनुभयो ।

प्रतिनिधी सभाको अर्को बैठक माघ २३ गते बिहिबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button