तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सकियो

जीबन नेपाली ।दाङ  । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको लागि भएको मतदान सकिएको छ । 

३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मत मध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेको थियो।

मतदानको समय ३ बजेसम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो।

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमुख गरि ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ। 

अहिले मुचुल्का तयारीको काम भइरहेको र ३ बजेपछि मत गणनाको काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button