आजको मौसम :वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज (मंगलबार) राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । तीनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको पनि सम्भावना छ। तर यो सम्भावना पनि निकै कम रहेको उनले बताइन् । तराईमा भने अहिले वर्षाको सम्भावना छैन ।यस्तै काठमाडौंमा उपत्यकामा पनि आजलाई वर्षाको सम्भावना छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो चाहिँ देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । हिउँद यामको अवधि छोटिँदै जाँदा मुलुकभर बिस्तारै चिसो घट्दै गएको र तापक्रम बढ्दै गएको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्