तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसका कारण ज्यान जानेको संख्या ४ सय २५ पुग्यो

काठमाडौं – चीनमा कोरोना भाइरसका कारण ज्यान जानेको संख्या ४ सय २५ पुगेको छ । हालसम्म चीनमा मात्र कोरोना भाइरसबाट २० हजार चार सय भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चीनको हुबेई प्रान्तबाट फैलन सुरु गरेको यो भाइरस तीव्ररुपमा फैलिरहेको छ ।

सोमबार मात्र कोरोना भाइरसको संक्रमणबाट चीनमा ६४ जनाको ज्यान गएको हो । चीनबाट फैलिएको यो भाइरस अन्य २४ देशमामा पनि देखिएको छ । हालै हङकङमा १५ जना, मकाओमा ८ जना र ताइवानमा १० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको जनाइएको छ ।

आइतबार कोरोना भाइरसकै कारण फिलिपिन्समा एक जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट ज्यान जानेको संख्या बढ्दै गएपछि चीन सरकारले कडाई गरेको छ । चीनको वुहान सहरमा यातायात तथा बजार बन्द रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button