तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता बलियो बनाउन संविधानको कार्यान्वयन गरौँ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालले छिमेकी मुलुक भारतको विकासको उदाहरण हेरेर सिक्नुपर्ने उल्लेख गर्नुभएको छ । लुम्बिनी प्रदेशलाई सङ्घीयताको केन्द्र बनाएर अघि बढ्ने गरि प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो ।

गृह मन्त्रालय लुम्बिनी प्रदेशले देउखुरीमा आयोजना गरेको माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न गराइनुपर्नेमा जोड दिनुभयो ।

‘प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्र सङ्घीयता रहन्छ, सङ्घीयता बलियो बनाउन संविधानको कार्यान्वयन गरौँ’ चौधरीले भन्नुभयो । संघ सरकारले प्रदेशलाई अझै पनि अधिकार दिन नसकेको उल्लेख गर्दै उहाँले आवश्यक नीति निर्माणमा ढिलाइ गर्न नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा थारु र मगर समुदायका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button