तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका चार वटा पालिकाहरूले दिए विद्यालयमा बिदा

कञ्चनपुर । चिसो बढेसँगै कञ्चनपुरका चार वटा पालिकाहरूले विद्यालयमा बिदा दिएका छन् ।

कञ्चनपुरका कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले भोलि र पर्सि दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् ।

मौसममा सुधार नभई चिसो बढ्दै गएको कारणले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा शुक्रवारसम्म पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न निर्देशन गरिएको छ ।

अधिकांश सामुदायिक विद्यालयहरूमा एक हप्तादेखि जाडो बिदा दिइएको थियो । संस्थागत विद्यालयहरू सञ्चालनमा रहे पनि जाडोकै कारण पठनपाठन प्रभावित भएको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button