तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौँ I आजका लागि निर्धारित सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने राससलाई बताउनुभयो । 

मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button