बर्दियाको जब्दीघाटमा पुल नबन्दा स्थानीयलाई सास्ती

बाँके । बर्दियाको सदरमुकाम गुलरियालाई राष्ट्रिय राजमार्गसँग जोड्ने जब्दीघाटमा पुल नबन्दा स्थानीय सास्ती बेहोर्न बाध्य छन् । २०७४ साल साउन २८ गते बाढीले भासिएको पुल पुन २०७९ साल असोज २० गते आएको बाढीले क्षतिग्रस्त भएको पुल पुर्ननिर्माण हुन नसकेको हो ।
पुल नभएकै कारण सदरमुकाम आवतजावत गर्न समस्या भएपछि स्थानीयले आन्दोलनको तयारी गरेका छन् । पुल क्षतिग्रस्त भएपछि जब्दीघाटमा ढुङ्गा र अस्थायी काठे पुलबाट नदी वारपार गर्नुपर्न बाध्यता छ ।
बारबर्दियामा बिरामी बर्दिया अस्पतालसम्म पुगेर उपचार सेवा पाउन समेत वञ्चित छन् । बालबालिकाहरू पढ्नका लागि गुलरिया आउने भएकाले पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका छन् । क्षतिग्रस्त ४ सय ३५ मिटरको पक्की पुल ६ वर्षदेखि पुनःनिर्माण भएको छैन । जब्दीघाट पुल पुनर्निर्माण गर्न तीनै दलका सरकारलाई दबाब दिने स्थानीयको तयारी छ ।
उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का सङ्घीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दै समेत आउनुभएको छ।
नयाँ पुल निर्माणको माग राख्दै उहाँले भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा बस्नुभएको थियो। सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्