शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाउने गरेको छ । भिमदत्त नगरपालिकाका मध्यवर्ती क्षेत्रमा रहेको विभिन्न वडाहरू जङ्गली हात्तीले आतङ्क मच्चाउने गरेको स्थानीयले बताएका छन् ।
प्रत्येक दिन साझ जङ्गली हात्तीको बथान गाउँ पस्ने गरेको र गहुँ वालिमा क्षति गर्ने गरेको स्थानीय बासिन्दाले बताए । केही वर्षअघि निकुञ्जले मझगाउ हेटक्वाटर देखि पिपरिया हात्तीसार सम्म करिब ८ किलोमिटर विद्युतीय फेन्सि तारवार लगाए पछि उक्त क्षेत्रमा जङ्गली हात्ती नपस्ने गरेको भए पनि पछिल्लो समय विद्युतीय तारवार संरक्षण हुन नसक्दा फेरि हात्ती गाउँ पस्न थालेको स्थानीयले बताए ।
शुक्लाफाँटा निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादवले जनताले विद्युतीय तारवार संरक्षणको स्वामित्व लिनु पर्ने बताए । उहाँले समय समयमा विद्युतीय तारवार भएको ठाउँमा सरसफाइ र मर्मत संहार गर्नु पर्नेमा त्यसो नहुँदा तार जीर्ण भए टुटेको बताउनु भयो । अझै पनि जनताले स्वामित्व लिन सहमत भए आवश्यक सहयोग को लागि पहल गर्ने निकुञ्ज कार्यालय तयार रहेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्