तनावग्रस्त बनेको बाँकेको नौवस्ता बाल सुधार गृह प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज । बालबन्दी बीचको आपसी झडपले अशान्त बनेको बाँकेको नौबस्तास्थित बाल सुधार गृह प्रहरीको नियन्त्रणमा आएको छ ।
बाल सुधार गृहमा आइतबार दिउँसोदेखि झडपसँगै तोडफोड भएपछि स्थिति प्रहरी नियन्त्रण बाहिर गएको थियो । आक्रोशित बालबन्दीले कसैलाई भित्र जान दिएका थिएनन् भने सरकारी सवारी साधन समेत तोडफोड गरेका थिए । झडपमा आधा दर्जन बालबन्दी घाइते समेत भएका थिए ।
बालबन्दीलाई वार्तामा ल्याएर स्थितिलाई शान्त बनाउन नेपालगञ्जबाट प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसँगै सुरक्षा निकायका प्रमुखहरू नौबस्ता पुग्नुभएको छ ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बाल सुधार गृह प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो । ‘अहिले स्थिति शान्त छ । स्थिति हाम्रो नियन्त्रणमा छ’, प्रवक्ता डीएसपी डाँगीले भन्नुभयो ।
नौबस्ता बाल सुधार गृहमा १ सय १६ जना बालबन्दी रहेका छन् । बाँकेलगायत विभिन्न ठाउँबाट ल्याइएका उनीहरू सबै १८ वर्षमाथिका छन् ।








प्रतिक्रिया राख्नुहोस्