२० औँ माछापुच्छ्रे पोखरा खुल्ला टेनिसमा संरक्षक र सुनिरालाई उपाधि

पोखरा । पोखरामा आइतबार सम्पन्न भएको २० औँ संस्करणको माछापुच्छ्रे पोखरा खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत खुल्ला एकल तर्फ संरक्षक भुषण बज्राचार्य र महिला एकल तर्फ सुनिरा थापाले उपाधि जित्नु भएको छ ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे बैङ्कको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उक्त प्रतियोगिताको १८ औँ र १९ संस्करणका विजेता नेपालका नं १ र्याकिङ प्रदीप खड्कालाई टाई ब्रेक म्याचमा २–१ को सेटमाले हराउँदै संरक्षकले उपाधि जित्नु भएको हो । विजेताले नगद रु ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नु भएको छ । उपविजेता हुनु भएको प्रदीपले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नु भयो ।
यसैबिच, महिला एकलतर्फ गतबर्षकी च्याम्पियन नेपाल १ र्याकिङ अभिलाषा विष्टलाई सुनिरा थापाले टाइब्रेकमा नै पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनु भयो । आइतबार भएको फाइनलमा सुनिराले २–१ को सेटमाल विष्टलाई पराजित गर्दै नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नु भयो । विष्टले भने दोस्रो हुँदै ४० हजार पुरस्कार प्राप्त गर्नु भयो । उक्त प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको भेट्रान्स पुरुष एकल तर्फ कमल भण्डारी विजेता बनेका हुनु भएको छ । सन्तोष खत्री दोस्रो हुँदै ३० हजार प्राप्त गर्दा विजेता कमलले नगद ६० हजार प्राप्त गर्नु भयो ।
४५ वर्ष माथिको भेट्रान्स पुरुष एकल तर्फ रोहित सुनुवारले महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जित्नु भयो । विजेता रोहितले नगद रु ४० हजार, उपविजेता महेशले नगद रु २० हजार प्राप्त गर्नु भयो । ५५ वर्ष माथि पुरुष एकलमा बिमल कुमार गुरुङले उपाधि जित्नु भयो । प्रतियोगितामा विजेता खेलाडीहरूलाई प्रतियोगिता मुख्य प्रायोजक संस्था माछापुच्छ्रे बैङ्ककी निर्देशक बन्दना केसी, केसी ग्रुपका प्रबन्ध निर्देशक किरण केसी, नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, ट्रयाङ्क्वालिटी स्पाःका प्रबन्ध निर्देशक रनिल फैजु लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका गर्नु भएको थियो ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा समापन भएको हो । यही पौष १० गते देखि सुरु भएको प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २०३ जना गरी कुल २ सय १६ जना खेलाडीहरूको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताउनु भयो । पोखराको खेल पर्यटनमा उक्त प्रतियोगिताले टेवा पुर्याएको प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष नवीन चालिसले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्