दाङमा ५ महिनामा डेढ अर्ब आम्दानी, १२ अर्बबढी खर्च

दाङ । दाङ जिल्लामा चालु आर्थिक वर्षको करिब साढे ५ महिनाको अवधिमा डेढ अर्ब राजस्व सङ्कलन र खर्च १२ अर्ब २४ करोड बढी खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङको तथ्याङ्क अनुसार पुस १५ गतेसम्म यस्तो अवस्था देखिएको हो
कार्यालयको तथ्यांकअनुसार संघीय सरकार र प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट यस अवधिसम्म एक अर्ब ४९ करोड १५ लाख २९ हजार रुपैयाँ सङ्कलन भएको हो भने यस अवधिमा १२ अर्ब २४ करोड ३३ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ । जुन खर्च हालसम्म संघीय सरकार र प्रदेश सरकारबाट आएको चालु तथा पुँजीगततर्फको बजेट हो ।
अहिलेसम्मको तथ्याङ्क हेर्दा हालसम्मको अवस्था जिल्लामा उठ्ने राजस्वले १२.१८ प्रतिशत योगदान रहेको देखिन्छ । जिल्लामा आम्दानीभन्दा बढी खर्च हुने गरेको छ । जसले गर्दा जिल्ला प्रदेश सरकार, संघीय सरकारमा निर्भर हुनुपर्ने गरेको छ ।
पुस १५ सम्म संघीय सरकारतर्फको ४२ प्रतिशत बजेट खर्च भएको छ । जस्मा चालुतर्फ ४६ प्रतिशत र पुँजीगत खर्च १६.३९ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिनु भयो ।
संघीय सरकारबाट कुल २७ अर्ब ८३ करोड ७७ लाख ८१ हजार बजेट आएको थियो । हालसम्म ११ अर्ब ८० करोड ४८ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारतर्फ ८.८७ प्रतिशत बजेट खर्च भएको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । जसका चालुतर्फ ९.३८ प्रतिशत र पुँजीगततर्फ ८.५७ प्रतिशत भएको छ ।
प्रदेश सरकारबाट चार अर्ब ९४ करोड ३५ लाख बजेट रहेको थियो । हालसम्म ४३ करोड ८४ लाख ९० हजार खर्च भएको छ ।
डेढ अर्ब बढी राजस्व सङ्कलन
जिल्लामा चालु आर्थिक वर्षको पुस १५ गते सम्म एक अर्ब ४९ करोड बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार यस अवधिमा एक अर्ब ४९ अर्ब १५ लाख २९ हजार रुपैयाँ सङ्लन भएको हो ।
यो राजस्व संघीय सरकार तथा प्रदेश सरकार अन्तर्गतका कार्यालयबाट सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संघीय सरकारअन्तर्गतका कार्यालयबाट एक अर्ब नौ करोड २० लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट ३९ करोड ९४ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्