सन्दीप विरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना: जवाफी बहस जारी
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी मुद्दामा जवाफी बहस जारी छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा आज दुवैतर्फका कानुन व्यवसायीको बहस सकिएपछि जवाफी बहस चलिरहेको हो ।
जवाफी बहस सकिएपछि आजै फैसला आउने सम्भावना रहेको छ ।
न्यायाधीश ढकालको इजलासले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी मुद्दामा निरन्तर सुनुवाइ गर्दै आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्