दुई सातादेखि बन्द भएको पोखराको प्याराग्लाइडिङ पुनः सुचारु हुने

पोखरा । करिब दुई साता देखि बन्द भएको पोखराको साहसिक खेल प्याराग्लाइडिङ पुनः सुचारु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र व्यवसायी बिच छलफल भएको छलफलबाट पोखरामा बन्द भएको प्याराग्लाइडिङ पुनः सुचारु हुने सहमति भएको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईले बताउनु भयो ।
क्यानबाट पत्र आउन सात पोखरामा भोलि(शुक्रबार) वा पर्सि शनिबार देखि व्यवसायी प्याराग्लाइडिङ उडान गर्ने भएको उहाँले जनाउनु भयो । गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मूल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए त्यसको विवाद नाले मिलाउन नसके पछि क्यानले तत्कालले पोखराको प्याराग्लाइडिङ स्थगित गर्न सूचना जारी गरेको थियो । क्यानले नियमन गर्ने गरी नालाई अधिकार दिँदै आएको सन्दर्भमा क्यानले त्यसको जिम्मेवार वहन नगर्दा प्याराग्लाइडिङबाट हुन सक्ने घटनालाई मध्यनजर गरी क्यानले प्याराग्लाइडिङ बन्द गराएको हो ।
क्यानका सेफ्टी प्रमुख राजु श्रेष्ठ, नाका अध्यक्ष भट्टराई, ४४ वटा र १३ वटा कम्पनीका व्यवसायी र पाइलट क्लबका पदाधिकारीहरू बिच भएको छलफलमा अबदेखि प्याराग्लाइडिङ सञ्चालन गर्ने मूल्यको विषयमा आफूखुसी लिने भएको बताइएको छ । यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने त्यो मूल्य केही समय अघि प्याराग्लाइडिङलाई प्रबद्र्धन गर्न विशेष छुटमा ३ हजारसम्ममा उडान भएको थियो । पोखरामा करिब ५५ कम्पनीहरू रहेका छन्।
पोखराको प्याराग्लाइडिङ हाल पोखरा १८ को तोरीपानीबाट उडान हुन सुरु भएसँगै केही उत्साह भए पनि प्याराग्लाइडिङ बन्द भएकोले नकारात्मक भएको व्यवसायीहरूले बताउनु भएको थियो । पोखरामा बिहीबार देखि सुरु भएको सडक महोत्सवको अवसरमा उक्त प्याराग्लाइडिङ बन्द हुनुले पोखराको पर्यटन प्रवद्र्धनमा ठुलो असर पर्न सक्ने व्यवसायीहरूले बताउँदै आए पछि उक्त प्याराग्लाइडिङ सञ्चालन हुने भएको हो ।








प्रतिक्रिया राख्नुहोस्