तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

file photo

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको चुनाव, सरकारको एक वर्षको समीक्षा, पार्टीका आन्तरिक विषय र मन्त्रीहरूका कामको समीक्षाबारे छलफल हुने बताइएकाे छ । बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button