तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँची जिल्ला अदालतमा भर्चुअल प्रविधिबाट म्याद थप सुरु 

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले शुक्रवारदेखि भर्चुअल प्रविधिबाट म्याद थप सुरु गरेको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट यो अभियान सुरु गरिएको जनाइएको छ ।

जिल्ला न्यायाधीश कृष्णजंग शाहको पहलमा भर्चुअल प्रविधिबाट म्याद थप गर्दा सजिलो हुने भएकाले यो अभियान सुरु गरिएको जिल्ला अदालत अर्घाखाँचीले बताएको छ ।

पहिलो पटक म्याद थप गर्दा प्रतिवादी सहित उपस्थित हुनुपर्ने र दोस्रो पटकबाट मुद्दाको फाइल अदालतमा ल्याइसकेपछि मात्र यस प्रविधिको प्रयोग गरी म्याद थप गर्ने व्यवस्था मिलाइएको समेत बताएको छ ।

सदरमुकाम देखि दुरीले टाढा रहेको ईलाका प्रहरी कार्यालय ठाडा देखि म्याद थपका लागि पुरै दिन खर्चेर धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै भर्चुअल माध्यमको प्रयोग गरिएको जिल्ला अदालत अर्घाखाँचीका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button