कार्यालय स्थापनाको छोटो समयमै ५ करोड २५ लाख राजस्व सङ्कलन

नवलपरासी,पश्चिम । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था कार्यालयबाट चार महिनामा ५ करोड २४ लाख ४४ हजार ५ सय ६५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।परासिमा सो कार्यालय स्थापना भएर सेवा दिन थालेको पनि पाँच महिना मात्र भएको छ।
कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेका अनुसार राजस्वमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको बताउनु भयो । असोज मसान्तसम्म ३ करोड ७३ लाख ४५ हजार राजस्व सङ्कलन गरिएकोमा कार्तिक महिनामा १ करोड ५० लाख ९९ हजार सकलन गरेको पाण्डेले बताउनु भयो । यातायात कार्यालयले सबैभन्दा धेरै सवारी साधन कर ३ करोड ७७ लाख ५३ हजार, सवारी नवीकरण ५२ लाख १९ हजार, सवा,चालक अनुमति पत्र ७६ लाख ९१ हजार, आयकर ११ लाख ९४ हजार राजस्व सङ्कलन गरेको छ ।
गत साउनमा कार्यालय स्थापना भएपछि कार्तिक मसान्तसम्म ३ हजार ६ सय ७४ जनाले सवारी साधन अनुमति पत्र प्राप्त गरेको छन् । कुल ५ हजार १ सय २६ जना परीक्षामा सहभागी रहेकोमा३ हजार ६ सय ७४ जना पास र १ हजार ४९ जना फेल भएको कार्यालय प्रमुख मुक्तिनाथ पाण्डेले जानकारी दिनु भयो । कार्यालय स्थापना पछि बिस्तारै सेवाग्राहीको सख्या बढिरहेको छ । कार्तिक महिनासम्म मोटरसाइकल १ हजार ९ सय ४० जनाले मोटरसाइकल र १ हजार ९ सय ०८ जनाले स्कुटीबाट प्रयोगात्मक परीक्षा दिएका थिए ूप्रमुख पाण्डेको भनाई छ। सेवाग्राहीलाई पनि सहज रूपमा सेवा दिएर अधिकतम राजस्व उठाउन कार्यालयको प्रयास रहेको पाण्डेले बताउनु भयो ।कुशल प्रशासकको छवि बनाउनु भएका कार्यालय प्रमुख पाण्डेले कार्यालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाए सँगै छोटो अवधिमै कार्यालयले अधिकतम राजस्व उठाउन सफल भएको हो ।
गत साउन १२ गते देखी मङ्सिर १५ गते सम्म ११ पटक परीक्षा सञ्चालन गरेको कार्यालयले जनाएको छ ।जिल्लामै यातायात व्यवस्था कार्यालय आएपछि आम सेवाग्राहीलाई निकै सहज भएको छ ।








प्रतिक्रिया राख्नुहोस्