तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान। सल्यानमा जेसिबी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

शनिबार बिहान बागचौर नगरपालिका ३ स्यालागैरामा रा १ क ८५९ नम्बरको जेसिबी दुर्घटना हुँदा दाङ गडवा गाउँपालिका ५ का २४ वर्षका सहचालक दीपेन्द्र चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तिरु पाते कम्पनीको जेसिबि सडक निर्माणका क्रममा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी १० मिटर तल खस्दा चौधरीलाई जेसिबिले च्यापेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भई रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button