१२ दिनमा ८८ जना फरार प्रतिवादी पक्राउ
नवलपरासी,पश्चिम् ।जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले १२ दिनको अवधिमा ८८ जना फरार प्रतिबादिहरु पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद जरिवाना भुत्तान गर्न बाकि रही विभिन्न मुद्रामा फरार सूचिमा रहेका हरूलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरिक्षक एवम् सूचना अधिकारी रेशम बोहोराले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका निज फरार प्रतिबादीहरुबाट ४ लाख १८ हजार ५ सय तिन रुपैयाँ जरिवाना र ४१ बर्ष ७ महिना १६ दिन कैद असुल रहेको प्रहरीले जनाएको छ ।फरार प्रतिवादी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले अभियान नै चलाइएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्