प्राग विश्वविद्यालयमा गोली प्रहारः १० जनाको हत्या
प्राग। प्राग विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ ।
चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू “स्तब्ध” भएको बताउनु भएको छ ।
बिहीबार पेरिसको दुईदिने भ्रमणमा रहनु भएका पावेलले भन्नु भयो- “घटनाबाट स्तब्ध छु… गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।”
एक जना बन्दुकधारीले गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् ।घटना बारे अनुसन्धान जारी छ ।एएफपी








प्रतिक्रिया राख्नुहोस्