काठमाडौँ उपत्यकामा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी
काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै मुख्य पाँच वटा स्थललाई निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद् भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाँच वटा क्षेत्रलाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।
उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया राख्नुहोस्