सुनवल महोत्सव : स्थानीय उत्पादनमा अवलोकनकर्ताको आकर्षण

नवलपरासी,पश्चिम्।पश्चिम नवलपरासीको सुनवलमा जारी दोस्रो सुनवल औद्योगिक ब्यापार मेलामा आयोजकले स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् । स्थानीय उत्पादनमा अवलोकन कर्ताको आकर्षण समेत बढेको छ । ठुला कम्पनी र व्यावसायिक घरानाका स्टलमा भन्दा स्थानीयले उत्पादन गरेको मह , फलफूलका नर्सरी , हस्ताकलाका सामान ,डालो , दुना टपरी , ढाकाटोपी , अम्रिसो कुचो राखिएको स्टलमा मेला भर्न आउने दर्शकहरूको आकर्षण बढेको हो।
“मेला महोत्सवको मुल उदेश्यनै स्थानीय उत्पादनमा जोड दिने हो यसको अधिकतम फाइदा स्थानीयले नै लिनु पर्छ भन्ने हो,मेलामा स्थानीय उत्पादनले ठाउँ पाएकोमा खुसी लाग्यो”मेला अवलोकन गर्न आएका दर्शकको भनाई थियो ।

मेलामा घरेलु तथा साना उद्योगका उत्पादनका लागि निःशुल्क प्रदर्शनको व्यवस्था मिलाएको छ । स्टलको मूल्य महँगो भएकाले स्थानीय उत्पादन मेलामा सहभागी नभएको गुनासो आएपछि यो वर्षबाट जिल्लाका साना उद्योग र हस्तकलाका सामग्रीलाई निःशुल्क प्रदर्शनको व्यवस्था मिलाइएको मेला आयोजक सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनु भयो ।
मेलामा विभिन्न जातजाति तथा समुदायको भेषभुषा तथा सस्कृती झल्किने खालका घरहरू समेत निर्माण गरिएको हुँदा यसमा पनि फोटो खिचाउने र अवलोकन गर्नेहरुको भिड बढेको छ ।
मङ्सिर २१ गतेबाट सुरु भएको महोत्सव पुष ४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्