तपाईँ सुन्दै हुनुहुन्छः

पद लम्ब्याउन कसैसँग सम्झौता गर्दिनँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको अधिकारलाई बन्धकमा राखेर मुख्यमन्त्री पद लम्ब्याउनका लागि कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशका प्रथम आवधिक योजनाको उपलब्धि सम्बन्धी समीक्षा कार्यक्रममा उहाँले सुशासनका निम्ति सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।

सुशासनका लागि संघीय सरकारसँग समन्वय र सघर्ष गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रथम आवधिक योजनाको चार वर्षमा कोशी प्रदेश सरकारले गरिबी निवारणमा लक्ष्य हासिल गर्न सफल भएको बताउनुभयो ।

निजी क्षेत्रको सहयोगबिना मुलुकको विकास असम्भव रहेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आर्थिक विकासका लागि निजी क्षेत्रलाई सरकारको अपरिहार्य अङ्गको रुपमा लिइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरणचन्द आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, कोशी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सुबोध प्याकुरेल, उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत तथा गाउँपालिका महासङ्घका कोशी प्रदेश अध्यक्ष अयुब अन्सारीले आवधिक योजनाले देखाएको सुचाकांक सन्तोषजनक रहेको भन्नुहुँदै प्रदेशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button