तपाईँ सुन्दै हुनुहुन्छः

समर्थन मूल्य नतोक्दै मिल सञ्चालन :उधारोमा उखु बेच्दै किसान

नवलपरासी,पश्चिम् । सरकारले उखुको समर्थन मूल्य नतोक्दै पश्चिम नवलपरासीका तीनवटा चिनी मिल सञ्चालनमा आएका छन् । जिल्लामा रहेको लुम्बिनी चिनी , बागमती सुगर मिल र इन्दिरा सुगर मिल सञ्चालनमा आएका हुन् ।

समर्थन मूल्य नतोक्दै चिनी मिल सञ्चालनमा आएपछि किसानले उधारोमा उखु बिक्री गरेका छन् । सरकारले न्यूनतम समर्थन मूल्य तोकेपछि भुक्तानी दिने सर्तमा किसानले उद्योगलाई उखु बिक्री गरिरहेको उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताउनुभयो।

तीन वटा उद्योग सञ्चालनमा आएपनि मोहीनी चिनी उद्योग भने सञ्चालनमा आएको छैन । यस वर्ष उखुको समर्थन मूल्य न्यूनतम पनि ६ सय ५१ रुपैयाँ नघटाउने गरी मूल्य तोक्न किसानले माग गरेका छन् । चिनीको मूल्यअनुसार उखुको मूल्य तोक्न किसानको माग छ ।

यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्विन्टल मात्र उखु उत्पादन हुने अनुमान छ । पाँच वर्ष पहिले १२ हजार हेक्टरमा हुँदै आएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button