तपाईँ सुन्दै हुनुहुन्छः

‘जाऊँ है पोखरा’ अभियान सुरु

पोखरा । पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न जाऊँ है पोखरा अभियान सुरु गरिएको छ । होटल संघ पोखरा नेपालले आजदेखि ६ दिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

पोखराबाट आज एक टोली सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजा, पाल्पा, बुटवल, हुँदै भैरहवा पुगेको उहाँले बताउनुभयो । अर्को टोली बुटवल, नेपालगन्ज, धनगढी हुदैं महेन्द्रनगरसम्म जाने अध्यक्ष सुवेदीले उल्लेख जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारी र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रको आन्तरिक प्रवर्द्धन गर्न सङ्घले मङ्सिर २९ देखि पुष ४ गतेसम्म ६ दिने उक्त कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष सुवेदीले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पछिल्लो समयमा पर्यटन आगमनमा केही वृद्धि भएको बताउँदै यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अभियानमा अन्तर्गत तीन स्थानमा पत्रकार सम्मेलन, प्रदेश स्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायी लगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने महासचिव राजेन्द्र ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button