धनुषामा ६ वर्षीया बालिकाको शव फेला

जनकपुरधाम । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिकाको शव आज फेला परेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नंं ९ कुसमहा सतोखरकी वर्ष ६ की राखी यादवको शव आज बिहान फेला परेको हो ।
बालिकाको शव नग्न अवस्थामा स्थानीय बाँसीले सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । बालिकाले लगाएको कपडा भने छेउमा फेला परेको छ ।
अहिले बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताउनुभयो ।
बालिकाको के कारणले हत्या भएको हो त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र घटनाका सम्बन्धमा शवको पोष्टमार्टमपछि थप विषय खुल्ने प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले घटनाको अनुसन्धानका लागि दुई युवकलाई पक्राउ गरेको छ ।
बालिका गत बुधवार गाउँको वैवाहिक कार्यक्रमका लागि मटकोरमा गएको बेलामा रथबाट हराएका थिइन ।








प्रतिक्रिया राख्नुहोस्