तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको ७ लाख नगद सहित युवक पक्राउ

नवलपरासी,पश्चिम्।प्रहरीले पश्चिम नवलपरासीको सदरमुकाम परासी बाट प्रहरीले स्रोत नखुलेको सात लाख रकम नगद सहित एक युवकलाई पक्राउ गरेको छ ।

रामग्राम ५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँ सहित पाल्हीनन्दन गाँउपालिका वडा नम्बर २ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई पक्राउ गरेको हो ।

धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईक चेकजाँच गर्ने क्रममा उनको साथ बाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी सात लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button