तपाईँ सुन्दै हुनुहुन्छः

सचिव पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी  

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोक्नु भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा सभामुख घिमिरेले सचिव पाण्डेयलाई कार्यवाहक महासचिवको काम गर्न तोक्नु भएको हो ।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नु पर्ने कतिपय काममा प्रभाव परेको, लोकसेवाबाट सिफारिस भएर कर्मचारीको नियुक्ति लगायतमा प्रभाव परेको कारण सभामुखले कार्यवाहक महासचिवका रुपमा पाण्डेयलाइ तोकेको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि, गत आइतबार संघीय सांसदका महासचिव डा. भरत गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पदबाट राजीनामा दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button