तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ सवारी साधन नियन्त्रणमा

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा प्राकृतिक स्रोत दोहन गरेको आरोपमा ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ । जनगुनासो र सूचनाका आधारमा ती सवारी नियन्त्रणमा लिएर महानगरलाई बुझाइएको कास्की प्रहरीले जनाएको छ ।

कास्कीका विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाई चोरी निकासी भइरहेको भन्ने स्थानीयको जनगुनासो तथा सूचना प्रहरी समक्ष पुगेको र सोही गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ओसार–पसार गर्ने, भ्याट बिल नभएका, कागजपत्र नभएका, फर्जी बिल बनाएका विभिन्न ५६ वटा सवारी साधनहरू (ट्रक, टिप्पर, ट्याक्टर) लाई नियन्त्रणमा लिइएको हो । यस्ता सवारीलाई नियन्त्रण गर्ने कार्य निरन्तर चलिरहने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button