तपाईँ सुन्दै हुनुहुन्छः

जाडो बढेसँगै मुगु सीमा प्रहरी चौकीका प्रहरी सदरमुकाम तानिए 

मुगु । पछिल्ला दिनमा मुलुकभर चिसो बढ्दै गएको छ । विशेष गरी हिमाली जिल्लाहरूमा हिमपात सुरु भइसकेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले उत्तरी सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीहरूलाई जिल्ला सदरमुकाममा बोलाएको छ ।

अत्यधिक जाडो बढेपछि प्रहरी चौकी मुगुमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सहित ११ जना प्रहरी जवानलाई ६ महिनाको लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार मङ्सिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र कर्णाली प्रदेश प्रहरी कार्यालयको आदेश बमोजिम मुगु सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीहरूलाई वैशाखसम्मका लागि जिल्ला तानिएको छ  ।

गर्मी मौसम सुरु भएपछि ती प्रहरी कर्मचारीहरूलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने बताइएको छ । अब त्यहाँ करिब ६ महिनासम्म चौकी बन्द हुने छ ।

यो बेला मुगुम कार्मारोङ्ग  गाउँपालिका वडा न २ रहेको मुगु गाउँका सबै स्थानीय जाडो छल्न घरमा ताला लगाएर वेशी झर्ने र हिमपातले नाका पनि बन्द भई  सुनसान हुने गर्दछ । प्रहरी मात्र गाउँमा  बसेर कुनै काम नहुने भएकाले सीमा सुरक्षा प्रहरी चौकीमा कार्यरत प्रहरीलाई जाडोको सिजनमा  जिल्लामा तानिँदै आएको प्रनाउ थापाले बताउनु भयो ।

मुगु जिल्लामा नेपाल-चिन सिमाना नाक्चे लाग्ना नाका पर्दछ । यहाँ नेपाल-चिनको १३ नम्बर सीमा पिल्लर पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button