किराँत गोल्डकपको उपाधि मोरङलाई
पाँचथर । पाँचथरको फिदिममा सम्पन्न ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता’ को उपाधि मोरङले जितेको छ ।
फिदिम मा.वि. को खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई २– १ गोल अन्तरले पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङले उपाधि जितेको हो ।

मोरङलाई जिताउन खेलको १० औँ मिनेटमा सञ्जय धिमाल र पहिलो हाफको अतिरिक्त समयमा उमेश राई ले १/१ गोल गरे । यस्तै झापाका लागि दोस्रो हाफको अतिरिक्त समयमा योगेश गुरुङले १ गोल गरे ।
विजेता मोरङले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उप विजेता झापाले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मोरङका प्रमिजय गच्छदार, डिफेन्डर मान बहादुर परियार, मिड फिल्डिर उमेश कार्की, कोच राज लिम्बु, हाइ स्कोरर सञ्जय धिमाल, सर्वोकृष्ट खेलाडी अविशेक लिम्बु र उदयमान खेलाडी आयोजकका शुक्रराज राई घोषित भए ।
उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
मङ्सिर १५ गतेबाट सुरु भएको गोल्ड कपमा नेपाल र भारतका गरी ८ टिमको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्