प्रधानमन्त्री दाहाल धनगढीमा
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आईपुग्नु भएको छ । उहाँ काठमाडौँबाट केहीबेर अघि धनगढी आईपुग्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आज दिउसो सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । धनगढी पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले अहिले पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री प्रचण्ड धनगढी पुग्नु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बहादुर बोहराले कार्यक्रम स्थल लगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्