तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित

बाँके । बोकेको नेपालगञ्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल अनिश्चित बनेको छ । सम्झौता भएको १३ महिना बिते पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन रिभ्यू स्वीकृत नगर्दा आकाशे पुल निर्माण अनिश्चित बनेको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले बताउनुभयो । उक्त पुलको पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले गत मंसिरमा शिलान्याश गर्नुभएको थियो।

डिजाइन रिभ्यूका लागि पुल महाशाखामा पठाएको लामो समय भए पनि अहिलेसम्म डिजाइन रिभ्यू स्वीकृत नभएको शाक्यको भनाई छ । ‘डिजाइन रिभ्यूको लागि पठाएको फायल लामो समयदेखि पुल महाशाखामा थन्किएको र कहिले स्वीकृत हुने हो यकिन नभएको शाक्यको भनाई रहेको छ। आकाशे पुल निर्माणका लागि २८ कात्तिक, २०७९ मा चितवनको भरतपुरस्थित डायनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उहाँले बताउनुभयो। 

सम्झौता भएको १५ महिनामा काम सक्ने सहमति भएको छ, तर १३ महिना बितिसक्यो । अहिलेसम्म कार्यान्वयनको काम अगाडी बढेको छैन ‘डिजाइन रिभ्यू स्वीकृत भएपछिमात्र काम अगाडी बढाउन सकिने बताउनुभयो ।’सम्झौता अनुसार, नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, कारकाँदो चोक र राँझा चोक तथा कोहलपुरको एक ठाउँमा आकाशे पुल निर्माण गर्ने रहेको छ ।

पुल निर्माणका लागि डायनामिक कन्स्ट्रक्सनसँग आठ करोड ३३ लाख रुपैयाँमा सम्झौता भएको डिभिजन प्रमुख शाक्यले बताउनुभयो। उहाँले निर्माण कम्पनीसँग सम्झौता भए पनि अहिले बजेट नभएको बताउनुभयो। ‘एक त डिजाइन रिभ्यू भएको छैन भने अर्कोतर्फ निर्माण गर्ने भनिएको आकाशे पुल निर्माण शीर्षकमा बजेट नै नभएको हुँदा ‘डिजाइन रिभ्यू स्वीकृत नहुँदै पुल बन्छ भन्न सकिने अवस्था नरहेको बताउनु भयो।

’पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मद इस्तियाक राईको जोडबलमा नेपालगन्जमा चार र कोहलपुर एक गरि पाँच वटा आकाशे पुल निर्माण गर्ने योजना परेको थियो । तर, राई मन्त्रीबाट बाहिरिए लगत्तै यो योजना अनिश्चित भएको छ । ‘इस्तियाक राई मन्त्री भएको बेला सम्झौता गर्नेहरू अहिले कार्यान्वयन गर्न नसक्ने भन्दै पन्छिँदै छन् । सम्झौता कार्यान्वयन नहुँदा म समस्यामा परेको डिभिजन प्रमुख शाक्यको भनाई रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button