तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा लागुऔषध सहित एकजना पक्राउ

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको रामग्राममा लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।रामग्राम -४ केरवानी स्थित भित्री सडक खण्डमा तिनजना सवार रहेको लु६४ प ३७८७ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा कालो झोलामा विभिन्न प्रकारका लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देखेर भाग्ने क्रममा घटनामा संलग्न पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ लोहरौली निवासी सागर गुप्ता पक्राउ परेको र फरार भएका अन्य दुई जनाको खोजतलास जारी रहेको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button