तपाईँ सुन्दै हुनुहुन्छः

‘देशलाई असफल बनाउन खोज्ने तत्वविरुद्ध सामूहिक रूपमा लड्नुपर्छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई असफल बनाउन खोज्ने तत्वविरुद्ध सामूहिक रूपमा लड्नुपर्ने बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा आज रुकुम पूर्व पुग्नुभएका अध्यक्ष ओलीले देशभित्र र बाहिर नेपालको अहित चाहने र हालको व्यवस्थामाथि औँला ठड्याउने विरुद्ध सबै मिलेर लड्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले देशको अवस्था कमजोर बनाउन खोजिएको र एमालेले निरन्तर खबरदारी गरिरहेको बताउनुभयो ।

देशको अर्थतन्त्र अफठ्यारो अवस्थामा रहेको, राजनीति निराशायुक्त र अस्थिर रहेको तथा जनविश्वास घट्दै गएको अवस्थामा बेथिति रोक्नका लागि एमालेले अभियान थालेको अध्यक्ष ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button