तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङ्कले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।

आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।

आज जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ ।

सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु ३६ करोड २९ लाख ५७ हजार चार सय २४ बराबरको आठ लाख ३१ हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button