तपाईँ सुन्दै हुनुहुन्छः

अभियानकै क्रममा भेरी बबई डाइभर्सन अवलोकन गर्दै : अध्यक्ष ओली

बाँके । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको छ।

महाकाली–मेची अभियानका क्रममा मङ्गलवार बिहान उहाँ लगायतको टोली भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्न त्यहाँ पुगेको हो।

उहाँले २०५१ सालमा मनमोहन अधिकारीको पालामा बबैइ सिचाई आयोजना भनेर दशौँ हजार जनताको श्रमदान परिचालन गरेर बर्दिया सिचाइ आयोजना सुरु गरेको र त्यो आयोजना पर्याप्त नभएको हुँदा त्यसलाई भेरी बबैइ डाइभर्सन ५१ हजार हेक्टर जमिन सिचाइका लागि यो डाइभर्सन सुरु गरेको र त्यसैगरि ४६.८ मेगावाट जलविद्युत समेत आयोजना हुने मल्टिप्रपोज आयोजनाको रूपमा यसलाई अगाडि बढेको बताउनु भएको छ ।

हाम्रा इन्जिनियर र हाम्रा काम गर्ने साथीहरू सबैको प्रयासबाट ट्रनेल ब्रेक थ्रु सयमा भयो। ३ वर्षअघि नै ट्रनेल ब्रेक थ्रु गरिएको हो । हामि नेपालीको ढिलासुस्तीपनले काममा ढिलाइ भएको हुँदा अब यसलाई गति दिनुपर्ने बताउनुभयो ।

अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलो चाँडो सम्पन्न हुने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गर्नुभएको छ ।

भेरी बबई डाइभर्सन हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ अब बाँकी कामलाई शीघ्र सञ्चालन गरेर जनतालाई सिचाइको सुविधा दिन ढिलाइ गर्न नहुने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button