शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले २०८१ वैशाख १ गतेभित्रमा विश्वविद्यालयको सम्पूर्ण भौतिक संरचना निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।
बैठकमा संशोधनकर्ता सांसदहरु देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह लगायतले पहिलो पटक स्वास्थ्य शिक्षा प्रदान गर्ने गरी स्थापना हुन लागेको विश्वविद्यालय सुदूरपश्चिमको मात्रै नभई राष्ट्रिय विश्वविद्यालय हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा भएका विश्वविद्यालयहरू विद्यार्थी अपुग भएर बन्द हुने अवस्थामा स्थापना गरिन लागिएको उक्त विश्वविद्यालय सञ्चालन अघि थप अध्ययन गरिनुपर्ने भन्दै सांसदहरुले विश्वविद्यालय सञ्चालनको स्पष्ट नीति हुनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्