तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ कृषि विज्ञद्वारा सुनवलमा कृषि क्षेत्रको सम्भाव्यता खोजी

नवलपरासी,पश्चिम् । चिनियाँ एक अध्ययन टोलिले पश्चिम् नवलपरासी स्थित सुनवल नगरपालिकाको कृषि क्षेत्रको विकासमा चासो देखाएको छ ।टोलिले सुनवल नगरपालिकाका कृषकहरूको खेतबारीमै पुगेर खेतीको अवलोकन गर्नुका साथै पशुपालक किसानहरूको फर्ममै गएर अवलोकन गरिएको थियो ।

नगरपालिका भित्रका कृषकलाई आधुनिकीकरण सँगै कसरी व्यावसायिक कृषि खेतितर्फ आकर्षित गर्न सकिन्छ भन्ने हेतुले अवलोकन गरिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।

“हरेक स्थानीय तहले कृषिमा लगानी गरिरहेका छन्,किसानको पनि लगानी उत्तिकै छ तर अपेक्षित प्रतिफल हासिल हुन नसकेको अवस्थामा भौगोलिक बनावट अनुरूपको आधुनिक रुपमा कम लागतमा खेती कसरी गर्न सकिन्न भन्नका लागि चिनियाँ टोलीलाई अध्ययन अवलोकन गराइएको हो “नगरप्रमुख अर्यालले भन्नू भयो ।

अवलोकनका क्रममा सिचुवान प्रान्तका कृषि विज्ञ हु याङले कृषकहरू पुरानै तवरबाट खेती गरेको र यसले नाफा नहुने अवस्था देखिएको उल्लेख गर्नु भयो ।नेपालीहरू अझै पनि परम्परागत शैलिमै कृषि पेशा गर्छन्,यसले जनशक्ति र समय दुवैको खर्च हुँदा लागत बढ्ने भएकाले व्यावसायिक बन्न नसकेको उहाँले बताउनुभयो ।

उच्चतम प्रविधिको प्रयोग र भूगोल अनुरूपको खेती गर्न उनीहरूले कृषकलाई सुझाएका छन् ।चिनियाँ टोलिले सुनवल नगरपालिकाका खेतीयोग्य जमिनको विभिन्न ठाउको माटो परीक्षणका लागि लगेको छ ।माटोको नमुना परिक्षण रिपोर्ट पश्चात् थप परामर्श गरि अघि बढ्ने बताइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा कृषि क्षेत्र सँग जोडिएर काम गर्न इच्छुक रहेको अध्ययनटोलिले बताएको छ ।पछिल्लो समय कृषि बाट लगानी समेत उठ्ने अवस्था नआएपछि थुप्रै किसान कृषि पेशाबाटै विस्थापित हुन बाध्य छन् ।सीमित बजेटका कारण स्थानीय तहले कृषिमा गरेको लगानी कनिका छरेजस्तो हुने गरेकोकिसानहरुले गुनासो गर्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button