तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थी गुणीय चक्रको १७ औँ राष्ट्रिय सम्मेलन सौराहामा शुरु हुँदै

चितवन । विद्यार्थी गुणीय चक्रको  १७ औँ राष्ट्रिय सम्मेलन शुरु हुंँदैछ । क्वेष्ट नेपालको आयोजना र स्मल हेभेन संयोजनमा मङ्सिर ८ देखि सम्मेलन शुरु हुने भएको हो । 

देशभरिका विद्यार्थीलाई सामाजिक, शिष्ट र अग्रगामी विद्यार्थी उत्पादन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो । 

मङ्सिर १० गतेसम्म चल्ने सम्मेलनमा विद्यार्थी, पर्यवेक्षक, शिक्षक शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्धहरु गरेर देशभरबाट ६०० जनाको सहभागिता रहने जनाइएको छ । 

विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा बढी देशमा लोकप्रिय रहेको विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम रहेको  आयोजकले जनाएको छ । 

सौराहामा हुने सम्मेलनमा विद्यार्थीहरूले प्यानल डिस्कसन, हाजिरी जवाफ, संरक्षणसम्बन्धी कार्यशाला, सांस्कृतिक आदानप्रदान, कथा लेखनलगायतका विभिन्न कार्यक्रममा सहभागिता जनाउने क्वेष्ट नेपालका अध्यक्ष सुरिना सुनयनी गुरुङले जानकारी दिनुभयो । 

विद्यार्थीहरूले ६ महिना लगाएर गरेका अध्ययन प्रतिवेदन पनि सम्मेलनमा प्रस्तुत हुनेछन् । नेपालको पूर्वदेखि पश्चिमसम्मका २१ ओटा हब सम्मेलनबाट छानिएका ५०० विद्यार्थी प्रतिनिधिहरूले गुणीय चक्रमा सहभागी भई गरेको केस स्टडी प्रतिवेदनलाई प्रस्तुतीकरण गरिने गुरुङले बताउनु भयो । 

सम्मेलनमा थप गतिविधिहरूमा मनशा स्मृति सर्वगुणीय व्यक्ति अवार्ड , कोलाबरेटिभ,आर्ट एण्ड कोलाज, कोलावरेटिभ स्टोरी फर्मेशन, कोलाबरेटिभ एस क्यु सि , क्वीज , संरक्षण सम्बन्धी कार्यशाला , रेडियो उद्घोषण कार्यशाला हुने स्मल हेभेन स्कुलका प्रिन्सिपल विमल क्षेत्रीले जानकारी दिनुभयो । 

सन् २००५ देखि सुरु भएको यो कार्यक्रम नेपालमा प्रोफेसर दिनेशप्रसाद चापागाईँले सन् १९९९ बाट प्रयोगमा ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button