तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको जिप रोल्पामा दुर्घटना,७ जना घाइते

काठमाडौ- काठमाडौँबाट रोल्पा जाँदै गरेको रेडियो नेपालको जिप रोल्पाको सुलिचौरमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

रोल्पाको सुलिचौर सातदोबाटोमा आज ब्रेक फेल भएर जिप दुर्घटनाहुँदा रेडियो नेपालका लक्ष्मण पाण्डे ‘छवी’, गरिराज निरौला, सुवाषकुमार साह, मनोज गुप्ता, सौरभ कार्की, पर्मेश्वर शुक्ल, र श्रीधर थापा घाईते हुनुभएको हो ।

प्रदेश नम्बर ५ को दाङमा निर्माण भइरहेको स्टुडियो भवनको निरीक्षण र रोल्पामा एफ.एम प्रशारण स्तरउन्नतीका लागि ७ जनाको टोली दाङ हुँदै रोल्पा जाने क्रममा जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button