मन्त्रालय नबढाउने बरु सरकारबाट बाहिरिने : सभापति पुन
दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले प्रदेश सरकार गठनमा केन्द्रबाट सहमति गराउन खोजे सरकारबाट बाहिरिने बताउनुभएको छ ।
मङ्गलवार नेपाली काङ्ग्रेसका कार्यकर्तासँग भेटघाट तथा चियापान कार्यक्रम तुलसीपुरमा सभापति पुनले यस्तो बताउनुभएको हाे ।

सोमबार सत्ता साझेदार माओवादीका नेताहरूसँग भएको छलफलमा माओवादीका नेता वर्षमान पुनले यहाँ सहमति नभए केन्द्रीय स्तरबाट सहमति हुने सङ्केत गरे पछि सभापति पुनले यस्तो प्रतिक्रिया दिनुभएको हाे ।
सभापति पुनले प्रदेश सरकार गठनमा कुनै पनि मन्त्रालय नबढाउने गरि पूर्णता दिने काङ्ग्रेस प्रदेश समितिको वटमलाईन भएको प्रतिक्रिया पछि माओवादी उपसचिव पुनले केन्द्र स्तरबाट मिल्छ भन्ने कुरा राख्नु भएको थियो ।
सभापति पुनले काङ्ग्रेस सरकार छोड्न तयार रहेको समेत सङ्केत गर्नु भयाे । केन्द्रबाट सहमति भए काङ्ग्रेस प्रदेश सरकारबाट बाहिरिने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्