तपाईँ सुन्दै हुनुहुन्छः

विङ्गगरको ठक्करबाट छठ व्रतालुको मृत्यु, प्रहरी हवल्दार घाइते

सर्लाही ।विङ्गगरको ठक्करबाट सर्लाहीको हरिवनमा एक छठ व्रतालु महिलाको मृत्यु भएको छ । भने, एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

सोमबार हरिवन नगरपालिका–९, स्थित नोचामा विङ्गगरको ठक्करबाट सोही स्थान बस्ने ५२ बर्षिया लक्ष्मी पोखरेलको मृत्यु भएको हो । घटना स्थल नजिकै रहेको छठ घाटबाट बिहान पूजा समापन पश्चात् घर फर्कँदै गर्दा उन्लाई प्रदेश ३–००१ ज ०३४२ नम्बरको विङ्गगरको ठक्कर दिएका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते बनेकी पोखरेललाई स्वाभिमान अस्पताल हरिवन पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

यसैबिच अनियन्त्रित विङ्गगर ठक्कर दिँदा घटना स्थलमै तैनाथ रहेका ट्राफिक प्रहरी हवल्दार सुवोद कुमार यादव पनि गम्भीर घाइते भएका छन् । महिलालाई ठक्कर दिएको विङ्गगरलाई नियन्त्रणमा लिनखोज्दा ट्राफिक प्रहरी हवल्दार यादवलाई समेत विङ्गगरले ठक्क दिएको थियो । विङ्गगरको ठक्करबाट घाइते प्रहरी हवल्दारको बायाँ खुट्टामा चोट लागेको र स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

सोही विङ्गगरले पार्किङ गरिराखेको प्रदेश २–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको छ । प्रहरीले दुर्घटनामा संलग्न विङ्गगर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरिले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button